
सिभिल बैंकले दक्ष कर्मचारी नै सबल बैंकिंगको आधार मानेर कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्ने हेतुले “लिडरशिप एकेडेमी नेपाल”संग सहकार्य गर्न सम्झौता गरेको छ ।
“राइस युनिभर्सिटी बिजिनेस स्कूल एक्जुकेटिभ एडुकेशन”, अमेरिकासंग अनुबन्धित “लिडरशिप एकेडेमी नेपाल” मानव संशाधानको वृत्ति बिकासमा एक चिरपरिचित नाम हो । तसर्थ सिभिल बैंकले आफ्ना कर्मचारीको वृत्ति बिकासको लागि यस संस्थासँग सहकार्य गर्ने सम्झौता गरेको हो ।
“समृद्धिको लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढेको उक्र बैंकले सम्झौतापत्रमा सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र “लिडरशिप एकेडेमी नेपाल”को तर्पmबाट सिटिओ अरुण जोशीले आज एक कार्यक्रम बीच हस्ताक्षर गरेको हो ।
प्रतिक्रिया दिनुहोस