
काठमाडौं । २७ वटा बाणिज्य बैंकमध्ये ९ वटाको खराब कर्जा एक प्रतिशतभन्दा माथि रहेको छ ।२७ वटा बाणिज्य बैंकमध्ये तीन वटा सरकारी बैंकमा रहेको खराब कर्जाको प्रतिशत बढी रहेको छ ।
सरकारी बैंकमध्ये ९९ प्रतिशत सरकारी स्वामित्व रहेको राष्ट्रिय बाणिज्यको सबैभन्दा बढी खराब कर्जा रहेको छ । राष्ट्रिय बाणिज्य बैंकको अघिल्लो त्रैमासमा ४ दशमलब ७७ प्रतिशत रहेको थियो भने तेस्रो त्रैमासमा ३ दशमलब ६५ खराब कर्जा रहेको छ ।
त्यस्तै, कृषि विकासको अघिल्लो त्रैमासमा ३ दशमलब ९१ प्रतिशत रहेको थियो । यस त्रैमासमा ३ दशमलब ६५ प्रतिशत रहेको छ । त्यस्तै अर्को सरकारी स्वामित्व रहेको बैंक नेपाल बैंकका गत त्रैमास २ दशमलब ६६ रहेको थियो भने यो त्रैमासमा स्थिर रहेको छ ।
त्यस्तै निजी क्षेत्रबाट सञ्चालनमा रहेका बाणिज्य बैंकमध्ये सबैभन्दा बढी खराब कर्जा सिभिल बैंकको २ दशमलब ९६ प्रतिशत रहेको छ । भने सबैभन्दा कम नेपाल एसबीआई बैंकको शुन्य दशमलब १९ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस