aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

सिनर्जी पावरको नाफा ७१ प्रतिशतले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ जेठ २०७७
सिनर्जी पावरको नाफा ७१ प्रतिशतले बढ्यो

 काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सिनर्जी पावर डेभलपमेण्टले रू. ७ करोड २४ लाख ७३ हजार खुद नाफा गरेको छ । कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको यो नाफा गत वर्ष यसै अवधिसम्म रू. ४ करोड २३ लाख ५९ हजार थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा ७१ प्रतिशत बढी भएको छ ।

यो वर्ष कम्पनीको विद्युत विक्री आय १९ दशमलव ४२ प्रतिशत गत वर्षभन्दा बढी भएको छ । गत वर्ष यस अवधिसम्म रू. १४ करोड ७ लाख २० हजार विद्युत विक्रीबाट आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १६ करोड ८० लाख ४६ हजार गरेको छ । 

कम्पनीको जगेडा कोष भने हालसम्म ऋणात्मक अवस्थामा रहेको छ । गत वर्षभन्दा यस वर्ष ऋणात्मक रकम पनि कमि गरेको छ । गत वर्ष रू. ९ करोड ३६ लाख ६७ हजार ऋणात्मक रहेको जगेडा कोष रकम यस वर्ष रू. ७ लाख ७७ हजारमा झरेको छ । गत वर्षभन्दा यस वर्ष ९९ प्रतिशत जगेडा कोषको ऋणात्मक अवस्था घटेको हो । तेस्रो त्रैमाससम्म कम्पनीको चुक्तापूँजी रू. ७० करोड छ । 

गत वर्ष यस अवधिसम्म रू. ८ दशमलव शून्य ७ रहेको वार्षिक प्रतिशेयर आम्दानी यस वर्ष रू. १३ दशमलव ८० पुगेको छ । प्रतिशेयर नेटवर्थ पनि गत वर्ष रू. ८६ दशमलव ६२ रहेकोमा यस वर्ष रू. ९९ दशमलव ८९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस