aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

तुलसीपुरमा अब हप्तामा तीन दिन मात्र बैंक खुल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ जेठ २०७७
तुलसीपुरमा अब हप्तामा तीन दिन मात्र बैंक खुल्ने

दाङ । तुलसीपुरमा हप्तामा तीन दिन मात्र बैंक खुल्ने भएका छन् । लकडाउनको संवेदनशीलतालाई मध्यनजर गरेर सातामा तीन दिन मात्रै बैंकहरु खुल्ने भएका हुन् । 

तुलसीपुर उपमहानगरपालिकामा यस क्षेत्रका विभिन्‍न बैकर्सहरुबीच भएको छलफलमा तीन दिन बैंक खोल्ने सहमति भएको हो । अब बैंक आइतबार, मंगलबार र बिहीबार मात्र खुल्ने भएका छन् । 

नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भएको छलफलमा सातामा तीन दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म बैंक खोल्ने निर्णय भएको हो । 

प्रतिक्रिया दिनुहोस