aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

लकडाउनकैबीच ज्योति बिकास बैंकमा सीइओ चाहियो (सूचनासहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ जेठ २०७७
लकडाउनकैबीच ज्योति बिकास बैंकमा सीइओ चाहियो (सूचनासहित)

काठमाडौं । ज्याति बिकास बैंक लिमिटेडले प्रमुख कार्यकारी निर्देशक (सीईओ) पदमा दरखास्त आह्वान गरेको छ । बैंकले सीईओ पदमा इच्छुक योग्यता पुगेका नागरिकले जेठ १५ गतेभित्र दरखास्त आइपुग्ने गरि १५ दिने सूचना जारी गरको हो । 

ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतबाट मनोज ज्ञवाली बाहिरिए पछि खाली स्थानमा नयाँ सीइओ नियुक्तिको प्रकृया अगाडी बढाइएको हो ।

४ वर्षे कार्यकालका लागि नियुक्त भएका ज्ञवाली २ वर्ष बाँकी छँदै बैंक छाडेका हुन् । चार्टर्ड एकाउन्टेन्ट समेत रहेका ज्ञवालीको सञ्चालक समितिसँग मतभेदका कारण बैक छोडेको बुभिएको छ ।

उक्त पदमा दरखास्त दिनका निम्ति राष्ट्रिय स्तरका बिकास बैंकको लागि बाफिया २०७३को प्रकृया र राष्टि बैंक निर्धारित गरे बमोजिमको योग्यता पुग्नु पर्ने जनाएको छ ।

साथै, बैंकिङ क्षेत्रमा १५ वर्षे  सेवा गरेको हुनु पर्ने जसमा १० वर्ष म्यानेजमेन्ट लेभलमा र ३ वर्ष कार्याकारी तहमा कार्र्यअनुभव भएको हुनु पर्नेछ । उमेरको हद भने जेठ १५ गते सम्ममा ५५ वर्ष नकटेको हुनु पर्ने सूचनामा उल्लेख छ ।

सूचना

प्रतिक्रिया दिनुहोस