aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

आँधिखोला लघुवित्तको नाफा ५ प्रतिशतले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ जेठ २०७७
आँधिखोला लघुवित्तको नाफा ५ प्रतिशतले बढ्यो

 काठमाडौं । आँधिखोला लघुवित्तको नाफा गत वर्षभन्दा यस वर्ष ५ प्रतिशत बढी भएको छ । आइतबार कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो । उक्त विवरण अुनसार यस वर्ष कम्पनीले १ करोड १७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । यो नाफा गत वर्ष यसै अवधिसम्म  १ करोड ११ लाख रुपैयाँभन्दा बढी थियोे ।

यस वर्ष गत वर्षको तुलनामा सञ्चालन नाफा ३२ दशमलव ४२ प्रतिशत बढी भएको छ । गत वर्ष  १ करोड ४१ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष  १ करोड ८६ लाख रुपैयाँभन्दा बढी गरेको हो । कम्पनीको चुुक्तापूँजी १० करोड रुपैयाँ पुगेको छ । 

कम्पनीले गत असार ३० गते  ४ करोड रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणलाई बाँडफाँट गरेको थियो । जगेडा कोष रकम गत वर्षभन्दा ८ गुणा बढी  ३ करोड १८ लाख ८३ हजार रुपैयाँ कायम भएको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको जगेडा कोषमा  ३८ लाख २८ हजार रुपैयाँ थियो ।

विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ३४ करोड २८ लाख रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको कम्पनीले यस वर्ष  २७ करोड ९० लाख ९७ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने ७० करोड ९३ लाख ९४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

गत वर्ष १ दशमलव ८५ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा यस वर्ष ४ दशमलव ४४ प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी  १० दशमलव ७३ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ  १३१ दशमलव ८८ रुपैयाँ छ ।
 

प्रतिक्रिया दिनुहोस