
मिसन डेभलपमेन्ट बैंक लिमिटेडले आव २०७५र७६ को तेस्रो त्रैमासमा खुद मुनाफा ६ करोड ४६ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १५ दशमलव ०७ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ५ करोड ६१ लाख रुपैयाँ कमाएको थियो ।
५७ करोड ६४ लाख रुपैयाँ चुक्ता पुँजी भएको मिसनले जगेडाकोषमा १२ करोड ७ लाख रुपैयाँ छुटाएको छ । बैकले निक्षेपमा ४ अर्ब ८८ करोड ६९ लाख रुपैयाँ संकलन गरी कर्जामा ४ अर्ब ३४ करोड ४४ लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद व्याज आम्दानीमा २३ दशमलव ४३ प्रतिशतले वृद्धि गरी १५ करोड ८२ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १४ दशमलव ७७ प्रतिशतले वृद्धि गरी १० करोड १५ लाख रुपैयाँ पुगेको छ ।
मिसन डेभलपमेन्ट बैंकको जोखिम युक्त सम्पत्ति १४ दशमलव २७ प्रतिशत रहेको छ भने निष्कृय कर्जा शुन्य दशमलव ४३ प्रतिशत रहेको छ ।
जसको प्रति शेयर आम्दानी वार्षिक १४ दशमलव ९६ रुपैयाँ, मूल्य आम्दानीको अनुपात १० दशमलव ८३ गुणा, प्रतिशेयर नेटवर्थ १२० दशमलव ९४ रुपैयाँ र तरलता अनुपात २७ दशमलव ०९ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस