aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

संघीय सरकार कै भरमा प्रदेश सरकार, नौ महिनामा प्रदेश सरकारको स्रोत ३३ अर्बमात्रै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ जेठ २०७७
संघीय सरकार कै भरमा प्रदेश सरकार, नौ महिनामा प्रदेश सरकारको स्रोत ३३ अर्बमात्रै

काठमाडौं । संघीयता कार्यान्वयसँगै प्रदेश र स्थानीय तहलाई बलियो बनाउन विभिन्न नीति तथा योजना कार्यान्वयन गरिएपनि यी दुबै सरकार संघीय सरकारकै भरमा आफूलाई अगाडी बढाइरहेका छन् । नौ महिनामा यो अवधिमा प्रदेश सरकारले प्राप्त गरेको कुल स्रोत ९३ अर्ब ५६ करोडमध्य ५६ अर्बमध्य ६० करोड ५४ लाख रुपैयाँ भने संघीय सरकारको अनुदान  र विभाज्य कोषबाट गएको रकम हो ।

सो अवधिमा प्रदेश सरकारले ९३ अर्ब ५६ करोडमध्य ५६ अर्ब स्रोत प्राप्ती गरेको छ ।संघीय सरकारले प्रदेश सरकारलाई उपलब्ध गराउने अनुदान र विभाज्य कोषबाट बाँडफाँट भएको ६० करोड ५४ लाख समेत रहेको छ । यो अवधिमा प्रदेश सरकारले आफ्नै स्रोत तथा राजस्वबाट भने ३३ अर्ब १ करोड परिचालन गर्न सकेको राष्ट्र बैंकले सार्वजनिक गरेको चैत महिनाको देशको वर्तमान आर्थित तथा वित्तीय स्थितिमा उल्लेख गरिएको छ ।

त्यसैगरी चालु आर्थिक वर्षको नौ महिनामा प्रदेश सरकारले बैंकिङ प्रणालीबाट ५६ अर्ब ५३ करोड रुपैयाँ खर्च गरेको छ । राष्ट्र बैंकको बैकिङ कार्यालय, सरकारी कारोबार गर्ने वाणिज्य बैंक तथा जिल्ला स्थित ८१ वटा कोष तथा लेखा नियन्त्रक कार्यालय र भुक्तानी केन्द्रबाट प्राप्त विवरण अनुसार प्रदेश सरकारले ९ महिनामा सो कारोबार गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस