
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा गत वर्षको यसै अवधिको तुलनामा महुली लघुवित्तको नाफा घटेको छ । कम्पनीले सोमवार सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस वर्ष १ करोड ८२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको खुद नाफा २ करोड ८७ लाख रुपैयाँभन्दा बढी थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा ३६ दशमलव ५९ प्रतिशत कम भएको हो ।
यस वर्ष कम्पनीको सञ्चालन मुनाफा २८ दशमलव ३० प्रतिशत घटेकाले नाफामा कमि आएको हो । गत वर्ष ४ करोड २८ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष ३ करोड ७ लाख रुपैयाँभन्दा बढी मात्र सञ्चालन नाफा गरेको छ ।
यस वर्ष २० प्रतिशत बोनस पश्चात कम्पनीको चुक्तापूँजी १२ करोड २४ लाख रुपैयाँ पुगेको छ । गत वर्षभन्दा यस वर्ष ४ दशमलव ६५ प्रतिशत बढेर जगेडा कोष रकम १८ करोड ९३ लाख रुपैयाँभन्दा बढी कायम भएको छ ।
विभिन्न बैंक तथा वित्तीय संस्थाबाट गत वर्षभन्दा ३६ दशमलव ६८ बढी १ अर्ब २२ करोड ७१ लाख रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको यस कम्पनीले १ अर्ब ४ करोड ६३ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ । निक्षेप संकलन गत वर्षभन्दा २५ प्रतिशत बढी भएको हो । यस वर्ष गत वर्षभन्दा २६ प्रतिशत बढी २ अर्ब ४५ करोड ३६ लाख रुपैयाँ कम्पनीले कर्जा प्रवाह गरेको छ ।
निष्क्रिय कर्जा गत वर्ष १ दशमलव ६९ प्रतिशत रहेकोमा यस वर्ष २ दशमलव २४ प्रतिशत पुगेको छ । यस वर्ष कम्पनीले ३ लाख २८ हजार रुपैयाँ खराब कर्जा संकलन गरेको छ । वार्षिक प्रतिशेयर आम्दानी १९ दशमलव ८३ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २५४ दशमलव ६८ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस