aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

राष्ट्र बैंकले स्विकृत गर्यो 'वर्क फ्रम होम’ कार्यविधि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ जेठ २०७७
राष्ट्र बैंकले स्विकृत गर्यो 'वर्क फ्रम होम’ कार्यविधि

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारीलाई घरबाटै काम गराउनका लागि 'वर्क फ्रम होम’ लाई स्वीकृत गरेको छ । सोमबार जारी गरेको सूचनामा आफ्ना कर्मचारीका लागि राष्ट्र बैंकले सोमबार मार्गदर्शन जारी गर्दै कामको प्रकृति बमोजिम कर्मचारीलाई घरबाटै कार्यालयको काम गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको उल्लेख छ ।

'वर्क फ्रम होम’बाटै अधिकार प्राप्त कर्मचारीहरुले निरन्तर रुपमा आफ्ना सुपरिवेक्षक तथा विभाग प्रमुखसँग सम्पर्कमा रहन पर्ने व्यबस्था गरेको  छ ।  त्यस्तै, बैंकिङ कार्यालय, मुद्रा ब्यवस्थापन विभाग र प्रदेशस्थित कार्यालयबाट गरिने फण्ड ट्रान्सफर, सरकारी कारोबार, चेक भुक्तानी तथा नगद जम्मा गर्ने काम भने निरन्तरता हुने छ।

घरबाटै काम गर्नलाई मोबाइल फोन तयारी अबस्थामा राख्ने र कार्यालयको काम सकेसम्म फोनबाटै गर्ने व्यबस्था मिलाउने कार्यालयमा बैंठक गर्न परेमा विश्व स्वास्थ्य संगठनले जारी गरेको मापदण्ड पुरा गर्ने जनाएको छ । त्यस्तै दालिखा हुने नोटलाई डिसेन्टिफिकेसन गर्न गराउन अनिवाश्य रुपमा स्प्रे गराउनु पर्ने छ । 
 

प्रतिक्रिया दिनुहोस