aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

एनएमबि लघुवित्त वित्तीय संस्थाका कर्मचारीको कोरोना बीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ जेठ २०७७
एनएमबि लघुवित्त वित्तीय संस्थाका  कर्मचारीको कोरोना बीमा

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले आफ्नो सम्पुुर्ण श्रेणी÷तहमा कार्यरत कर्मचारीहरुको  कोरोना बीमा गरेको छ । कर्मचारीहरुको स्वास्थ्यको ख्याल गदै कोरोना भाईरस (कोभिड–१९) बाट हुनसक्ने संभावित जोखिमको रक्षावरणका लागि प्रति कर्मचारी १ लाख वरावरको सामूहिक कोरोना बीमा गरेको बताइएको छ । 

वित्तीय संस्थाको संचालक समितिको बैठकको निर्णय अनुसार एनएमबि लघुवित्त वित्तीय संस्था लि. र एनएलजि इन्स्योरेन्स कम्पनी लिमिटेड बिचमा कोराना बीमाको सम्झौता भएको हो ।
सम्झौता अनुसार अब वित्तीय संस्थामा कार्यरत कुनैपनि कर्मचारीहरुको कोरोना भाईरस परीक्षण गर्दा पिसिआर टेष्ट पोजेटिभ पाइएमा इन्स्योरेन्स कम्पनीले तोकिए बमोजिमको रकम क्षतिपुुर्ति वापत उपलब्ध गराउनेछ ।     

एनएमबि बैंकको सहायक कम्पनी, नेपाल राष्ट्र वैकवाट इजाजत प्राप्त “घ” वर्गको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले पोखरा महानगरपालिका वडा नं.२५ हेम्जा कास्कीमा केन्द्रीय कार्यालय स्थापना गरि हाल ५६ जिल्लामा १०० वटा शाखा विस्तार गरी करिब एकलाख उन्नाईस हजार विपन्न घरपरिवारका सदस्यहरुलाइ लघुवित्त सेवा प्रदान गदै आएको  बताइएको छ ।
 

प्रतिक्रिया दिनुहोस