aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

घरेलु लघुवित्तको कर्मचारीको कोरोना बीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ जेठ २०७७
घरेलु लघुवित्तको कर्मचारीको कोरोना बीमा

काठमाडौं । घरेलु लघुवित्त संस्थाले आफ्नो संस्थामा आवद्घ कर्मचारीहरुको विश्वमा देखापरेको कोभिड १९ (कोरोना) रोगको बीमा गराएको छ । संस्थाले आफ्ना कर्मचारीहरुको बीमा जनरल इन्स्योरेन्स कम्पनी लि. हात्तीसार, काठमाण्डौंबाट गराएको हो । संस्थाले प्रत्येक कर्मचारीको एक लाख रुपैया बराबरको कोरोना जोखिम सुरक्षण बीमा गराएको जनाएको छ ।

यस वित्तीय संस्था विभिन्न क्षेत्रका प्रतिष्ठित ब्यक्तित्वहरुबाट प्रवद्धित नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको “घ” वर्गको वित्तीय संस्था हो । यस संस्था संचालनमा आएको हालसम्ममा देशको ११ जिल्लामा १३ वटा शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् । 

 ग्रामिण क्षेत्रका ६,१५० भन्दा बढी विपन्न परिवारहरुमा २१ करोड १७ लाख भन्दा बढी कर्जा रकम लगानीमा र बचतमा ४ करोड ३६ लाख जम्मा भई वित्तीय पहुंच पु¥याउन सफल भई ती परिवारहरुसंग वचत तथा कर्जाको कारोवार संचालन गर्दै आईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस