
तिनाउ विकास बैंक लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा ६ करोड १० रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १३ दशमलव ३६ प्रतिशतले वृद्धि गरेको छ ।
अघिल्लो वर्षको सोहिअवधिमा नाफा ५ करोड ३८ लाख रुपैयाँ कमाएको थियो । ५६ करोड ७७ लाख रुपैयाँ चुक्ता पुँजी भएको मिसनले जगेडाकोषमा १३ करोड ९९ लाख रुपैयाँ छुटाएको छ ।
बैकले निक्षेपमा ५ अर्ब ३१ करोड ८२ लाख रुपैयाँ संकलन गरी कर्जामा ४ अर्ब ५७ करोड ८३ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानीमा २० दशमलव ८३ प्रतिशतले वृद्धि गरी १४ करोड ५० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १५ दशमलव ४९ प्रतिशतले वृद्धि गरी ८ करोड २८ लाख रुपैयाँ पुगेको छ ।
तिनाउ विकास बैंकको जोखिम युक्त सम्पत्ति १३ दशमलव ५० प्रतिशत रहेको छ भने निष्कृय कर्जा शुन्य दशमलव ३८ प्रतिशत रहेको छ । जसको प्रति शेयर आम्दानी वार्षिक १४ दशमलव ३५ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ११ दशमलव ५७ गुणा, प्रतिशेयर नेटवर्थ १२४ दशमलव ६४ रुपैयाँ र तरलता अनुपात २२ दशमलव ३६ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस