aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

नेपाल एग्रोको नाफा २५ प्रतिशत घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ जेठ २०७७
नेपाल एग्रोको नाफा २५ प्रतिशत घट्यो

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा गत वर्षभन्दा यस वर्ष घटेको छ । कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष नाफा २५ प्रतिशत घटेको हो ।

कम्पनीले यस वर्ष रू. ६८ लाख १० हजार खुद नाफा गरेको छ । यो नाफा गत वर्ष यसै अवधिसम्म रू. ९१ लाख २४ हजार थियो । यस वर्ष सञ्चालन नाफा ३८ प्रतिशत कम भएकाले नाफा घटेको देखिन्छ । गत वर्ष रू. ६७ लाख ९७ हजार सञ्चालन नाफा गरेको यस कम्पनीले यो वर्ष रू. ४१ लाख ९३ हजार मात्र गरेको छ ।

गत वर्षभन्दा यस वर्ष खराब कर्जा संकलन पनि घटेको छ । गत वर्ष यस अवधिसम्म रू. ७५ लाख ४० हजार खराब कर्जा उठाएको कम्पनीले यस वर्ष यो कर्जा रू. ६५ लाख ९ हजार मात्र उठाउन सकेको हो । खुद व्याज आम्दानी भने गत वर्ष रू. २ करोड ३ लाख ११ हजार भएकोमा यस वर्ष रू. २ करोड ८९ लाख ७७ हजार भएको छ । गत वर्षभन्दा यस वर्ष खुद व्याज आम्दानी ४२ दशमलव ६७ प्रतिशत बढी भएको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. ५ करोड ७२ लाख ४४ हजार रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा ४३ प्रतिशत बढी रू. १ करोड ६१ लाख ९५ हजार कायम भएको छ । यस वर्ष गत वर्षभन्दा ४३ दशमलव ६६ प्रतिशत बढी रू. ५९ करोड ७३ लाख २३ हजार कर्जा सापटी लिएको यस कम्पनीले रू. ७१ करोड ५ लाख ८५ हजार कर्जा प्रवाह गरेको छ ।

 यस वर्ष कम्पनीले रू.२४ करोड ४८ लाख ५६ हजार निक्षेप संकलन गरेको छ । गत वर्षभन्दा यस वर्ष निक्षेप संकलन ४१ दशमलव ६२ प्रतिशत बढी र कर्जा २२ दशमलव ४४ प्रतिशत बढी भएको हो ।

गत वर्ष शून्य दशमलव ५६ रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष १ दशमलव ५७ प्रतिशत पुगेको छ । कोरोना संक्रमणका कारण जारी लकडाउनका कारण कर्जा असुली रोकिएकाले खराब कर्जाको अनुपात बढेको कम्पनीले प्रष्ट पारेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. १५ दशमलव ८६ र प्रतिशेयर नेटवर्थ रू. १२८ दशमलव २९ छ । यस अवधिसम्म कम्पनीले २५ दशमलव ६० प्रतिशत तरलता व्यवस्थापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस