aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

तीन लघुवित्त मर्जरमा हुने, जेठ २५ गते विशेष साधारणसभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १० जेठ २०७७
तीन लघुवित्त मर्जरमा हुने, जेठ २५ गते विशेष साधारणसभा

 काठमाडौं । तीन लघुवित्त कम्पनी मर्जरमा जाने भएका छन् । जीवन विकास लघुवित्त वित्तीय संस्थासँगै सल्भ लघुवित्त वित्तीय संस्था र गरीबी न्यूनिकरण लघुवित्त वित्तीय संस्था मर्जमा जाने भएका हुन । जीवन विकास लघुवित्त वित्तीय संस्थाको नाम रहने गरी यी तीन कम्पनी एक आपसमा गाभिन लागेका हुन ।

 मर्जर सम्बन्धी प्रस्ताव पारित गर्न जीवन विकास लघुवित्तले जेठ २५ गते विशेष सधारण सभा बोलाएको छ । कम्पनीले शनिवार विशेष साधारणसभाका लागि सूचना सार्वजनिक गरेको हो । 

मर्जर सम्बन्धी प्रस्तावहरु पारित गर्न कम्पनीले मोरङको कटहरी स्थित आफ्नै केन्द्रिय कार्यालयमा विहान १०ः३० बजे सभा बोलाएको हो । जीवन विकास लघुवित्त  १४ करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनी हो । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा यस कम्पनीले  २७ करोड २५ लाख ३२ हजार रुपैयाँ खुद नाफा गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस