
काठमाडौं, मंसिर ५ । राष्ट्रिय बाण्ज्यि बैंकको चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रु. १ खर्ब ११ करोड ९० लाख मुनाफा आर्जन गर्न सफल भएको छ ।
मुलुकका अरू बाणिज्य बैँकहरु मध्ये यो बैंक सर्वाधिक नाफा आर्जन गर्ने बैंकको रुपमा अग्रस्थान हासिल गरेको छ । यस त्रैमासमा रु. १ खर्ब ६४ अर्ब १६ करोड ८० लाख निक्षेप संकलन गरि निक्षेप तर्फ पनि पहिलो स्थान प्राप्त गरेको बैंकले जनाएको छ ।
यस अवधिसम्म आईपुग्दा बैंकले रु. १ खर्ब २३ अर्ब ९० करोड ५६ लाख कर्जा प्रवाह गरेको छ । यस बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा यस बर्ष मुनाफा तर्फ ५७.७३ प्रतिशत निष्पक्षतर्फ १०.५३ प्रतिशत र कर्जा तर्फ १३.१२ प्रतिशतको वृद्धि हासिल गरेको छ ।
गत आ. व मा साविक एन. आई .डि सी . डेभलमेन्ट बैंकलाई प्राप्त गरेसंगै बँंैकको चुत्ता पुँजी रु. ९ खर्ब पुगेको छ । भने जगेडा कोष १४१.६७ प्रतिशतले बढेर रु. १२ खर्ब ५४ करोड पुगेको छ ।
उक्त बैंकको हाल ७५ जिल्लामा २०८ वटा शाखा कार्यलयहरु १६५ एटीएम ९३ वटा शाखा रहित बैंक सञ्चालन भैरहेको छ
प्रतिक्रिया दिनुहोस