
काठमाडौं । नेपाल बंगलादेश बैँकले बैँक केन्द्रिय सरकार र संघीय प्रदेश सरकारको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा कुल एक करोड ४५ लाख प्रदान गरेको छ । आईतबार नेपाल सरकारको उक्त कोषमा एक करोड १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
बैँकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले उक्त चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायण प्रसाद बीडारीलाई हस्तान्तरण गरेका थिए । यसका साथै बैंकले देशका सातै वटा प्रदेशका प्रदेश सरकारको उक्त कोषमा पाँच लाख रुपैयाँ हस्तान्तरण गरेको जानकारी गराएको छ ।
यसका साथै बैँकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराएको छ । बैंकले बैंकको संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकोले उक्त नारा अनुसारको उद्देश्यप्राप्तिको लागि समाजका हरेक वर्ग तथा सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने बैँकको लक्ष्य रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस