aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सल्भ लघुवित्तद्वारा विशेष साधारणसभा आव्हान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ जेठ २०७७
सल्भ लघुवित्तद्वारा विशेष साधारणसभा आव्हान

काठमाडौं । जीवन विकास लघुवित्तसँग विलय हुन लागेको सल्भ लघुवित्तले जेठ २६ गते विशेष साधारण सभा बोलाएको छ । जीवन विकास लघुवित्त , सल्भ लघुवित्त र गरिबी न्यूनिकरण लघुवित्त एक आसमा भाभ्न गाभिन लागेका हुन । 

मर्जर पश्चात जीवन विकास लघुवित्तको नामबाट कारोबार हुने गरी कम्पनीले सभामा प्रस्ताव पारित गर्नेछ । मर्जर सम्बन्धी सम्पूर्ण कार्य गर्न गराउन सम्पूर्ण अख्तियारी सञ्चालन समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ ।

सल्भ लघुवित्तले केन्द्रिय कार्यालय धनकुटामा अपरान्ह १२ः३० बजे सभा बोलाएको हो । जीवन विकास लघुवित्तले भने मर्जर सम्बन्धी प्रस्ताव जेठ २५ गते विशेष साधारण सभा मार्फत पारित गर्ने जानकारी दिएको छ । यी दुई सँगै मर्जरमा जान लागेको गरिबी न्यूनिकरण लघुवित्तले भने हालसम्म विशेष साधारण सभा गर्ने जानकारी गराएको छैन् ।
 

प्रतिक्रिया दिनुहोस