aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

क्लिन नोट : पूर्वराजाका तस्विर र फोहोर नोट नचल्ने, नोटको वर्गिकरण गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ जेठ २०७७
क्लिन नोट : पूर्वराजाका तस्विर र फोहोर नोट नचल्ने, नोटको वर्गिकरण गरिने

काठमाडौं ।  राष्ट्र बैंकले पूर्व राजाहरुको तस्बिर अंकित नोट  प्रयोगमा रोक लगाउन निर्देशन दिएको छ। आइतबार जारी गरेको नेपाल राष्ट्र बैंकले परिपत्रमा पूर्व राजाका तस्बिर अंकित नोट पुनः प्रयोगमा नल्याउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

नेपाल राष्ट्र बैंकले पुराना झुत्रिएको, मक्किएको, जलेको, गलेको, पानीले भिजेको, नोटमा रहेको अक्षर, अंक चित्र तथा सुरक्षण विशेषताहरु नबुझिने वा बिग्रने गरी रंग लागेको, लेखिएको, कारिएको वा च्यातिएका नोटलाई बैंक तथा वित्तीय संस्थाले पुनः निष्कासनका गर्न नमिल्दैन निर्देशनमा जनाएको छ ।

विभिन्न रङ प्रयोग गरिएका नोटको स्लिपमा सम्बन्धित बैंक वित्तीय संस्थाको नाम, कार्यालय वा शाखाको नाम, छाप, नोट गन्ति गर्ने कर्मचारीको नामलगायतका विवरण खुलाउनु पर्ने छ। नोटमा कुनै पनि प्रकारको स्टिच लगाउन पाइने छैन।

बैक तथा वित्तीय संस्थाहरुले अब नोटको वर्गिकरण गर्न पर्ने भएको छ । एटिएम मेसिनको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य, काउण्टरबाट भुक्तानी गरि चलनचल्तीमा पठाउन योग्य  र चलनचल्तीमा पठाउन अयोग्य गरि नोटलाई तीन वटामा वर्गिकरण गर्न पर्ने छ । 

नेपाल राष्ट्र बैंकको निर्देशन

प्रतिक्रिया दिनुहोस