aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० जेठ २०७६
रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन

काठमाडौं । रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले गत वर्षको मुनाफाबाट १२ प्रतिशत बोनस शेयर र बोनसपश्चात कायम चुक्तापुँजीको आधारमा २.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । साथै कर प्रयोजनका लागि ०.१३ प्रतिशत नगद लाभांश समेतको प्रस्ताव कम्पनीको छ । 

हाल कम्पनीको चुक्ता पूँजी रू. ७४ करोड ३२ लाख २९ हजार रहेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले रू. २ करोड ७१ लाख ३६ हजार खुद नाफा गरेको छ । कम्पनीले प्रस्तावित लाभांश र साधारण सभा प्रयोजनका लागि सोमबार बुक क्लोज गर्ने भएको हो ।
 

प्रतिक्रिया दिनुहोस