
सिभिल बैंकले झापा जिल्लाको अर्जूनधारामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन अर्जूनधारा नगरपालिकाका मेयर हरि कुमार राना मगरले गरेका हुन् ।
“समृद्धिको लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढेको सिभिल बै्रकको उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अर्जूनधारा नगरपालिकाका मेयर हरि कुमार राना मगर, अर्जूनधारा नगरपालिकाका उपमेयर कमला आचार्य, सिभिल बैंकका प्रमुख माईक्रो बैकिंग यूवराज गुरागाईं, सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रिय प्रबन्धक सन्तोष कुमार बुढाथोकी लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा अर्जूनधारा नगरपालिकाका मेयर हरि कुमार राना मगरले बैंकको उपस्थितिविना संघीय नेपालको समृद्धि हुन नसक्ने बताए ।
बैंकको शाखा बिस्तार हुँदा बित्तिय साक्षरताको अभिबृद्धी हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमा आर्थिक सम्बृद्धी आउने जनाए । अर्जूनधारामा बैंकको आवश्कता महसुस गरेर सिभिल बैंकले आफ्नो शाखा स्थापना गरेकोमा पनि उनले खुशी व्यक्त गरे ।
सिभिल बैंकका प्रमुख माईक्रो बैकिंग यूवराज गुरागाईंले आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताए । सिभिल बैंकले आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधिकेन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा पनि बैंकका क्षेत्र नं १ का क्षेत्रीय प्रबन्धक सन्तोष कुमार बुढाथोकीले बताए ।
सिभिल बैंकको अर्जूनधारा शाखासहित यस बैंकको कुल शाखा संख्या ७४ पुगेकोे पनि बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस