काठमाडौं । सार्वजनिक संस्थानहरूको नाफा बढेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले मंगलबार संघीय संसदको दुबै सदनमा सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार संस्थानहरुको खुद नाफा १२.३६ प्रतिशतले बढेको देखाएको छ । संस्थाहरूले गएको आर्थिक वर्ष २०७५/७६ मा कुल ४८ अर्ब ७७ करोड ४१ लाख रुपैयाँ नाफा गरेका छन् ।
सञ्चालनमा रहेका संस्थाहरूमध्य २६ वटा नाफामा छन् भने ५ संस्थानको कारोबार शून्य छ बाँकी संस्थान नोक्सानमा छन् । गत वर्ष पनि २६ वटा संस्थानहरु मात्रै नाफामा थिए । सरकारले सेतो हात्तीको रुपमा पाल्दै आएको सार्वजनिक संस्थानले अहिले पनि सोही संख्यामा नाफा गर्ने संस्थान परेका छन् ।
सरकारी स्वामित्वका सार्वजनिक संस्थानको नाफा बढे पनि लाभांश भुक्तानी दर भने गिरावट आएको छ । लाभांश भुक्तानी दरमा पनि ४.२८ प्रतिशतले कमी आएको छ । गत आवमा सार्वजनिक संस्थानहरूले ९ अर्ब ४७ करोड ९ लाख रुपैयाँ मात्र लाभांश भुक्तानी गरेका छन्।
प्रतिक्रिया दिनुहोस