aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

शोधनान्तर बचतमा, ९.५ महिनासम्म आयात धन्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ जेठ २०७७
शोधनान्तर बचतमा, ९.५ महिनासम्म आयात धन्ने

काठमाडौं । २०७६/७७ को नौ महिनामा शोधनान्तर स्थिति ३६ अर्ब ६१ करोडले बचतमा रहेको छ । त्यस्तै, चालु खाता १३५ अर्ब ५४ करोड रुपैयाँले घाटामा रहेको छ । चालू आवको तेस्रो त्रैमासमा कोरोना कोभिड १९ का कारण निर्यात वृद्धि, आयात संकुचन, पर्यटन व्ययमा आएको कमी, वाह्य ऋण परिचालन र प्रत्यक्ष वैदेशिक लगानीमा भएको वृद्धिका कारण शोधनान्तर स्थिति बचतमा रहन गएको राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा जनाएको छ ।  

वर्षको सोही अवधिको तुलनामा व्यापार घाटामा ८.९ प्रतिशतले कमी आएको छ ।  कम्तिमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य रहेकोमा २०७६ चैत मसान्तमा कायम विदेशी विनिमय सञ्चितिले ९.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट बैंकले जनाएको छ । 
 
 आर्थिक वर्ष २०७६/७७ को नौ महिनामा बैंकिङ्ग कारोबारमा आधारित सरकारको वित्त स्थिति  ५६ अर्ब २८ करोड रुपैयाँले घाटामा रहेको छ । यस अवधिमा बैंकिङ्ग कारोबारमा आधारित (सोझै भुक्तानी र भुक्तानी लिन बाँकी चेकबाहेक) संघीय सरकारको कुल खर्च ६३८ अर्ब १ करोड रुपैयाँ र राजस्व संकलन (प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत) ५९० अर्ब ७६ करोड रुपैयाँ रहेकोे छ ।  

प्रतिक्रिया दिनुहोस