aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कामना सेवा विकास बैंक र बैंक अफ काठमाडौं क्यापिटलबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० जेठ २०७६
कामना सेवा विकास बैंक र बैंक अफ काठमाडौं क्यापिटलबीच सम्झौता

कामना सेवा विकास बैंकले ग्राहकहरुको आवश्यकता र सेवालाई मध्यनजर गर्दै निक्षेप सदस्य सम्बन्धी कार्य गर्न बैंक अफ काठमाडौं क्यापिटल मार्केट लि.सँग सम्झौता गरेको छ । 

यस सम्झौता अनुसार अब ग्राहकहरुले देशभरि छरिएर रहेका यस बैंकका शाखा कार्यालयहरुबाट डिम्याट खाता सम्बन्धी सुविधा लिन सक्नेछन् । साथै, २०७६ साल असार ३१ गते सम्म खाता खोल्ने ग्राहकहरुले निःशुल्क रुपमा डिम्याट खाता खोल्न सक्नेछन ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्याकारी अधिकृत श्री प्रविण बस्नेत र बैंक अफ काठमाडौं क्यापिटल मार्केट लि.को तर्फबाट प्रमुख कार्याकारी अधिकृत दिनेश प्रसाद खतिवडाले हस्ताक्षर गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस