
एजेन्सी । भारतीय बैंकर संघ (आइबीए)ले सरकारलाई ''ब्याड बैंक'' सञ्चालन गर्न प्रस्ताव गरेको छ । यदि भारत सरकारले यो प्रस्ताव स्वीकार गर्यो भने भारतका बैंकहरूलाई खराब कर्जा व्यवस्थापन गर्न राहत मिल्ने छ ।
भारतीय बैंकहरूको संस्था भारतीय बैंक संघ (आईबीए) ले मे १२ मा अर्थ मन्त्रालय र भारतीय रिजर्व बैंक(आरबीआई)लाई उक्त प्रस्ताव गरेको थियो । भारतमा एक ’ब्याड बैंक’ स्थापना गर्ने प्रस्ताव गरेको भारतीय मिडियाले जनाएका छन् । भारतीय मिडियाका अनुसार आईबीएले सरकारसँग १०,००० करोड भारुको प्रारम्भिक पुँजी पनि माग गरेको छन ।
आइबीएले प्रस्ताव गरेको बैंक तेस्रो पक्ष हुनेछ जसले भारतीय बैंकहरुको खराब कर्जामा गणना भएको कर्जा खरिद गर्नेछ, र उक्त खराब कर्जा उसले आफै असुली गर्ने छ । यसरी भारतीय बैंकहरुमा रहेको खराब कर्जाबाट छुटकारा पाउने उपाया निकालेका छन् ।
यस तरिकाले बैंकहरूले आफ्नो खराब कर्जालाई असुली गराएर बैंकहरुले नाफा कमाउने जुक्ति निकालेका छन । यस्तो प्रकृतिको बैंकले भारतको वित्तीय प्रणालीमा बढ्दो ननपर्फमिंग एसेस्टस (एनपीएएस)लाई शुन्यमा ल्याउने रामवाणका रुपमा सावित हुने अनुमान गरिएको छ ।
भारतमा हजारौ करोडका बैंक घटलामा बैंकको खर्बौ रकम फसेको छ । पछिल्लो ३ वर्षमा मात्रै भारतीय बैंकको १.४४ करोड लाख भारु खराब कर्जा थपिएको छ । तीनवर्ष अघि ७.९२ बाट हाल ९.३६ करोड लाख भारु बराबरको खराब कर्जा पुगेको छ । भारतमा खराब कर्जा ब्यबस्थापनमा छुट्टै बैंकको परिकल्पना सन २०१६ र १७ को आर्थिक सर्भेक्षणले नै गरेको थियो ।
प्रतिक्रिया दिनुहोस