
सिटी एक्सप्रेस फाइनान्स लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा ९४ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ७० दशमलव ७७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ३ करोड २४ लाख रुपैयाँ कमाएको थियो ।
४० करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी भएको सिटीको जगेडाकोषमा १८ करोड ७१ लाख रुपैयाँ नेगेटिभमा राखेको छ । फाइनान्सले निक्षेपमा १० करोड ६५ लाख रुपैयाँ संकलन गरी कर्जामा १५ करोड ९२ लाख रुपैयाँ लगानी गरेको छ ।
फाइनान्सको खुद व्याज आम्दानीमा ९६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २ करोड ५१ लाख रुपैयाँ नोक्सानमा रहेको छ । जसले गर्दा नाफा घटेको हो ।
फाइनान्सको जोखिम युक्त सम्पत्ति ५१ दशमलव ९५ प्रतिशत रहेको छ भने निष्कृय कर्जा ९ दशमलव ५८ प्रतिशत रहेको छ ।
जसको प्रति शेयर आम्दानी ३ दशमलव १६ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ३१ दशमलव ९६ गुणा, प्रतिशेयर नेटवर्थ ५३ दशमलव २१ रुपैयाँ र तरलता अनुपात २२ दशमलव १८ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस