aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

भक्तपुरमा एटीएम मेसिन फुटाउँदै गर्दा एक पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १७ जेठ २०७७
भक्तपुरमा एटीएम मेसिन फुटाउँदै गर्दा एक पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरठिमीमा एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै गर्दा एक जना व्यक्ति पक्राउ परेका छन् । 

बन्दाबन्दीको समयमा एटिएम बुथ फुटाएर पैसा झिक्न खोज्दै गरेका सिन्धुपाल्चोक कदम्बास घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ नगदेश बस्ने २१ वर्षीय सचिन तामाङलाई प्रहरीले गएराति फक्राउ गरेको छ ।

शनिबार बिहान करिब सवा २ बजेतिर मध्यपुरठिमी नगरपालिका वडा नम्बर ६ बाहखा बजारस्थित सन्जिब चित्रकारको घरको भुइँतलामा रहेको एटिएम मेसिन फुटाइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक गिरीले जानकारी दिए ।

उनको साथबाट १ थान ह्याम्बर, १ थान स्क्रु ड्राइभर, एटीएम मेसिनको बाहिरी कभर र रोलर (डण्डी) बरामद भएको छ । उनलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत ठिमीमा ल्याई थप अनुसन्धान कार्य भइरहेको डीएसपी गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस