aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कुमारी बैंकद्वारा देव: विकास प्राप्तिको प्रस्ताव पारित, देवका लगानीकर्ताले कति स्वाप पाए ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ जेठ २०७७
कुमारी बैंकद्वारा देव: विकास प्राप्तिको प्रस्ताव पारित, देवका लगानीकर्ताले कति स्वाप पाए ?

काठमाडौं । कुमारी बैंकको विषेश साधारण सभाले देव विकास बैंक प्राप्ति गर्ने विषेश प्रस्ताव पारित गरेको छ । कुमारी बैंकको सोमबार सम्पन्न साधारणसभा संचालक समितिका अध्यक्ष आमिर प्रताप राणा अध्यक्षतामा नक्साल प्राङ्गणमा विशेष साधारण सभा सम्पन्न भएको छ । 

 कुमारी बैंकका संचालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापन अधिकारीहरुका माझ एक समारोहबीच साविकको देवः विकास बैंक लिमिटेडको प्रारम्भिक सहमति तथा अन्तिम सम्झौता पत्रहरुको अनुमोदन सम्पन्न भएको हो ।  

उक्त प्राप्ति पश्चात् बैंकको चुक्ता पूँजी १२ अर्ब ५० करोडभन्दा बढी हुनेछ । साथै, निक्षेप १२० अर्ब तथा कर्जा लगानी १०५ अर्ब र शाखा संजाल भने २०९ हुनेछ । यस विशेष साधारण सभामार्फत प्राप्ति पश्चात् कुमारी बैंकको प्रति १ कित्ता शेयर बराबर देवः विकास बैंकको ०.८६ कित्ता शेयर अनुपातमा शेयर मूल्य कायम हुने गरी स्वाप रेसियो स्वीकृत भएको छ । 
 
यस कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू सबै अवलम्बन गरी बैंकले नवीन शैली प्रयोगमा ल्याउँदै डिजिटल प्लाटफर्म जुम मार्फत शेयरधनीले मन्तव्य, सुझाव लिएको थियो । यस विषम परिस्थितिमा डिजिटल प्लाटफमर्मा उल्लेखनीय सहभागिताका लागी शेयरधनी महानुभावहरुलाई सम्पूर्ण बैंकको संचालक समितिका सम्पूर्ण सदस्यहरुले धन्यवाद दिएका थिए । 

प्रतिक्रिया दिनुहोस