aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

महालक्ष्मी विकास बैंकद्वारा अनलाइन खाता सञ्चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ जेठ २०७७
महालक्ष्मी विकास बैंकद्वारा अनलाइन खाता सञ्चालन

काठमाडौं । महालक्ष्मी विकास बैंकले अनलाइन खाता सेवा सञ्चालनमा ल्याएको छ । बंैकले सञ्चालनमा ल्याएको यस सेवाबाट महालक्ष्मी विकास बैंकमा खाता खोल्न चाहने स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ग्राहकहरुले कुनै पनि शाखा कार्यालयमा उपस्थित नभई आफू रहेको स्थानबाट नै अनलाइन खाता खोल्नका लागि आवेदन दिन तथा खाता खोल्दा आवश्यक कागजात सजिलै पेस गर्न सकिने व्यवस्था रहेको बैंकले जनाएको छ ।

महालक्ष्मी विकास बैंकको वेभसाइट www.mahalaxmibank.com.np मार्फत ःMahalaxmi Online Saving देशभर रहेका १०२ वटा शाखाबाट सजिलै खाता खोल्न सकिने छ ।

अनलाइन खाता खोलेपछि ग्राहकको खाता नं र आवश्यक जानकारी फारममा उल्लेख गरेको इमेल ठेगानामा पठाइनेछ । खाता खोल्न बैंकसम्म पुग्न नपर्ने र समयको बचतसँगै ग्राहकहरुले घरबाट नै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ जस्ता विद्युतीय बैंकिङ सेवा प्रयोग गर्न सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस