aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

देव: विकास बैंकको अन्तिम बोनस र विलय हुने प्रस्ताव एकै पटक पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ जेठ २०७७
देव: विकास बैंकको अन्तिम बोनस र विलय हुने प्रस्ताव एकै पटक पारित

काठमाडौं । देव: विकास बैंकलाई कुमारी बैंक लिले प्राप्ति गर्ने प्रस्ताव विषेश साधारणसभाले पारित गरेको छ । सोमबार सम्पन्न विषेश साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

उक्त  प्रयोजनका लागि सम्पत्ति दायित्व मूल्याकन प्रतिवेदन समेतका आधारमा देव विकास बैंकको १ (एक) कित्ता शेयर बराबर कुमारी बैंक लिको ०.८६ (शुन्य दशमलब आठ छ) कित्ता शेयर दिने गरी शेयर आदान प्रदान अनुपात कायम गर्ने प्रस्ताव लगायत प्राप्ति सँग सम्बन्धित स्वीकृतीका लागि पेश गरिएको प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको बैंकले जनाएको छ ।   

देवः विकास बैंक लि.को तेहौं वार्षिक साधारण सभा  २०७७ जेष्ठ १९ गते सोमबार संचालक समितिका अध्यक्ष उपरथी  बज्र गुरुङ्ग (अ.प्रा.)को अध्यक्षतामा काठमाडौमा सम्पन्न भएको छ ।  कोभिड १९ को महामारीको अवस्थालाई मध्यनजर गरी बैंकको साधारण सभामा सम्पूर्ण आवश्यक प्रक्रिया पूरा गरी बैकका शेयरधनीहरु अनलाइन  भर्चअली सभामा सहभागी भएका  शेयरधनीलाई अनलाइन मार्पmत नै आफ्ना विचारहरु राखेका थिए । 

देवः विकास बैंक लि.को संचालक समितिको वार्षिक प्रतिवेदन, वाहृय लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७५/७६ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिसम्मको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायत आर्थिक विवरणहरुसमेत सर्वसम्मतिबाट पारित गरेको छ ।   

यसै गरी विशेष प्रस्ताव अन्तर्गत यस साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०७५/७६ को वितरण गर्न योग्य नाफाबाट चुक्ता पूँजीको ८.५५ प्रतिशत अर्थात  सत्ताइस करोड सो¥ह लाख बयालिस हजार एक सय उनानतिस र पैसा उनानतिस रुपैयाँ बराबर बोनस शेयर प्रदान गर्ने प्रस्ताव सर्वसम्मतीबाट पारित गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस