aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सारथी लघुवित्तले मर्जको स्विकृतिका लागि बोलायो विशेष साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० जेठ २०७७
सारथी लघुवित्तले मर्जको स्विकृतिका लागि बोलायो विशेष साधारण सभा

काठमाडौं । नयाँ नेपाल लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्न गाभिन (मर्जर) मा जान लागेको सारथी लघुवित्तले असार ५ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीको जेठ १७ गतेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार मर्जर सम्बन्धी विभिन्न प्रस्ताव पारित गर्न विशेष साधारण सभा आव्हान गरिएको हो । सभा विहान ८ बजे दियालो फुडल्याण्ड, बसुन्धरा, काठमाडौंमा सुरु हुनेछ । 

विशेष सभाका लागि मर्जर पश्चात हुने संस्थाको नाम, ठेगाना, अधिकृत पूँजी, जारी पूँजी, चुक्तापूँजी, शेयर संरचना लगाएत थप परिवर्तन हुने विषयमा , प्रबन्धपत्र र नियमावलीको तिनमहलेमा उल्लेख भए अनुसार आवश्यक नियम संशोधन गर्ने विषय पनि तय भएका छन् ।

 सभाले यस वाहेक आवश्यक सम्पूर्ण कार्यका लागि पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिनेछ । यी दुई कम्पनी १ बराबर १ शेयर आदानप्रदान गर्ने सम्झौता अनुसार मर्जरमा जान लागेका हुन । मर्जर प्रयोजनका लागि नयाँ नेपाल लघुुवित्तको शेयर कारोबार गत माघ २१ गतेदेखि रोक्का रहेको छ । मर्जरपश्चात शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ । साथै हकप्रद पश्चात थप साधारण शेयर जारी गर्ने प्रस्ताव पनि सारथीले अघि सारेको छ ।  
 

प्रतिक्रिया दिनुहोस