aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

मेगा बैंकले गण्डकी विकास बैंक प्राप्ति गर्न आज विशेष साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ जेठ २०७७
मेगा बैंकले गण्डकी विकास बैंक प्राप्ति गर्न आज विशेष साधारण सभा

काठमाडौं । मेगा बैंक नेपाल र गण्डकी विकास बैंकले प्राप्ति सम्बन्धी प्रस्ताव जेठ २१ गते आज पारित गर्दैछन् । मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति गर्न लागेको हो । मेगाले विहान ११ बजे बैंकको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा र गण्डकीले केन्द्रिय कार्यालय पोखरामा सभा बोलाएका हुन । 

उक्त सभामार्फत मेगा बैंकले गण्डकीलाई प्राप्ती गर्ने र गण्डकीले मेगामा विलय हुने प्रस्तावलाई पारित गर्नेछन् । मेगाले गण्डकी विकास बैंकको एक शेयर बराबर आफ्नो एक शेयर प्रदान गर्ने सहमति अनुसार प्राप्ती गर्न लागेको हो । 

गण्डकीलाई प्राप्ति गरेपश्चात पनि मेगा बैंकले अन्य बैंक तथा वित्तीय संस्थालाई प्राप्ती गर्ने वा मर्जरमा जाने योजना अघि सारेको छ । यसका लागि आवश्यक सम्पूर्ण काम गर्ने जिम्वेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ ।

 विशेष साधारण सभा प्रयोजनका लागि मेगा बैंकले जेठ ११ गते बुक क्लोज गरेको छ । यस आधारमा जेठ १० गतेसम्मका शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् । २०७६ कात्तिक २६ गते मेगाले गण्डकीलाई प्राप्ती गर्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेको हो । प्राप्ति प्रकृया प्रयोजनका लागि गण्डकीको शेयर कारोबार भने गत असोज ९ गतेदेखिनै बन्द रहेको छ । विशेष साधारण सभाका लागि गण्डकीले असोज ८ गतेसम्म कायम शेयरधनीहरुलाई मात्र योग्य ठानेको छ । 

हाल मेगाको चुक्तापूँजी  १० अर्ब ३८ करोड ८६ लाख २१ हजार रुपैयाँ छ भने गण्डकी विकास बैंकको २ अबै ७५ करोड रुपैयाँ रहेको छ । दुबै बैंक एक भएपश्चात चुक्तापूँजी  १३ अर्ब १३ करोड ८६ लाख २१ हजार रुपैयाँ पुग्नेछ । 
 

प्रतिक्रिया दिनुहोस