
काठमाडौं । मेगा बैंक नेपाल र गण्डकी विकास बैंकले प्राप्ति सम्बन्धी प्रस्ताव बुधबार पारित गरेका छन् । मेगाले काठमाडौंमा र गण्डकीले पोखरामा विशेष साधारण सभा आव्हान गरी प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका हुन ।
मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ती गर्न लागेको हो । मेगाले गण्डकी विकास बैंकको एक शेयर बराबर आफ्नो एक शेयर प्रदान गर्ने सहमति अनुसार प्राप्ती गर्न लागेको हो । यसै आर्थिक वर्षभित्र एकिकृत कारोबार गर्ने योजना बैंकहरुको छ ।
गण्डकीलाई प्राप्ती गरेपश्चात पनि मेगा बैंकले अन्य बैंक तथा वित्तीय संस्थालाई प्राप्ती गर्ने वा मर्जरमा जाने योजना अघि सारेको छ । यसका लागि आवश्यक सम्पूर्ण काम गर्ने जिम्वेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गरेको छ ।
२०७६ कात्तिक २६ गते मेगाले गण्डकीलाई प्राप्ती गर्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेको हो । प्राप्ती प्रकृया प्रयोजनका लागि गण्डकीको शेयर कारोबार भने गत असोज ९ गतेदेखिनै बन्द रहेको छ ।
हाल मेगाको चुक्तापूँजी १० अर्ब ३८ करोड ८६ लाख २१ हजार रुपैयाँ छ भने गण्डकी विकास बैंकको २ अबै ७५ करोड रुपैयाँ रहेको छ । दुबै बैंक एक भएपश्चात चुक्तापूँजी १३ अर्ब १३ करोड ८६ लाख २१ हजार रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस