
काठमाडौं । लकडाउनका कारण सिमित मात्र शाखा खोली सञ्चालन गरिरहेको प्रभु बैंकले बुधबारदेखि सबै शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आइतवारदेखि बिहीवारसम्म विहाद ११ देखि दिउसो २ बजेसम्म र शुक्रबार बिहान ११ बजेदेखि दिउसो १ बजेसम्म बैंकका सम्पूर्ण शाखा खुला रहने बताएको हो ।
जोखिमपूर्ण यस समयमा सम्पूर्ण ग्राहकहरुलाई कोरोना संक्रमण सम्बन्धी बैंकले अपनाएको सुरक्षा नीति पालना गरी सहयोग गरिदिनुहुन समेत अनुरोध गरेको छ ।
सिमित मात्रामा शाखा सञ्चालन गर्दा ग्राहकहरुको भिड बढी भई संक्रमणको बढी जोखिम देखिएकाले सावधानी अपनाएर सबै शाखा सञ्चालनमा जोड दिएको बैंकले जानकारी दिएको छ ।
साथै बैंकिङ सेवा सञ्चालन गर्ने सम्बन्धमा स्थानिय निकायले कुनै निश्चित दिन र समय तोकिदिएको अवस्थामा सोहि अनुसार शाखा खुल्ने समेत बैंकले सुचना मार्फत जानकारी गराएको छ । प्रभु बैंकले हाल उपत्यकाभित्र ५६ र उपत्यका वाहिर १५२ गरि कुल २०८ शाखा कार्यालय मार्फत सेवा प्रदान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस