aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा आफ्ना अभिकर्ताको कोरोना बीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ जेठ २०७७
सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा आफ्ना अभिकर्ताको कोरोना बीमा

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले विश्वव्यापी फैलिरहेको महामारी कोभिड – १९ विरुद्घ आफ्ना अभिकर्ताहरुको बीमा गराएको छ । 

नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्दै यस्तो विषम परिस्थितीमा पनि आफ्नो सेवा प्रदान गर्दै आएकोमा उच्च मुल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका साथ हौसला प्रदान गर्नको लागी अभिकर्ताहरुको बीमा गराइएको सिटी एक्सप्रेस मनी ट्रान्सmफरले जानकारी दिएको छ । 

सिटी एक्सप्रेसले अत्यावश्यक सावधानी अपनाउँदै नविनतम प्रविधीको अधिकतम प्रयोग गर्दै यस लकडाउनको अवस्थामा पनि आफ्ना सेवाग्राहीहरुलाई विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । 

सिटी  एक्सप्रेस मनी ट्रान्सmफरले  रेमिटान्स क्षेत्रमा आफ्नो छु«्ट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि कोरिया, जापान, कतार, साउदी, कुवेत, मलेसिया, अष्ट्े«लिया, युके, अमेरिका लगायत थुप्रै देशहरु मार्फत विप्रेषण सेवा प्रदान गर्दै आईरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी  एक्सप्रेसका देशभर छरिएर रहेका ८००० भन्दा  बढी सेवा केन्द्रहरुबाट छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुिवधाहरु प्रदान गर्दै आईरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस