aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

ग्रामीण विकास लघुवित्तका सबै कर्मचारीहरूको कोरोना बीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ जेठ २०७७
ग्रामीण विकास लघुवित्तका सबै कर्मचारीहरूको कोरोना बीमा

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो संस्थाका सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गरिदिएको छ ।  विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको प्रभाव नेपालमा समेत बढ्दै गइरहेको अवस्थामा कर्मचारीहरुमा उक्त संक्रमणका कारण उत्पन्न हुने आर्थिक जोखिमबाट सुरक्षा प्रदान गर्न बीमा गरिएको हो । 

कम्पनीले दिएको जानकारी अनुसार प्रत्येक कर्मचारीको १ लाख रुपैयाँ बरावरको जोखिम सुरक्षा हुने गरी कोरोना बीमा गरिएको हो । उक्त बीमा कम्पनीले राष्ट्रिय बीमा कम्पनीसँग  गरेको समेत जानकारी दिएको छ । 

कोरोना संक्रमितको संख्या बढ्दै जाँदा बीमा कम्पनीहरुको दायित्व बढ्ने भएपछि शुक्रबारदेखि नयाँ कोरोना बीमा लेख जारी नहुने भएको छ । ग्रामिण विकास लघुवित्तले अगाडीनै कोरोना बीमा गरेकाले यसले भने मान्यता पाउनेछ । 
 

प्रतिक्रिया दिनुहोस