aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

आइतबारदेखि राष्ट्रिय वाणिज्य बैंकको सबै शाखा सञ्चालनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ जेठ २०७७
आइतबारदेखि राष्ट्रिय वाणिज्य बैंकको सबै शाखा सञ्चालनमा

काठमाडौं । लकडाउनका कारण सिमित शाखा मात्र सञ्चालन गरिरहेको राष्ट्रिय वाणिज्य बैंकले आइतबारदेखि सबै शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सुचना जारी गरी आइतबारदेखि हरेक दिन विहान १० देखि ३ बजेसम्म सबै शाखा सञ्चालनको लागि खुला गरिएको बताएको हो । 

उपत्यका बाहिरका शाखा कार्यालयहरुको हकमा भने सम्बन्धित स्थानिय निकाय वा जिल्ला प्रशासन कार्यालयले जारी गरेको तालिका अनुसार शाखा सञ्चालन हुने समेत बैंकले जानकारी दिएको छ । यस बैंकले देशभर २३८ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ । सरकारी स्वामित्वको यस बैंकले हालसम्म सर्वसाधारणका लागि शेयर जारी गरेको छैन् । 

प्रतिक्रिया दिनुहोस