
सिद्धार्थ इक्वीटी फण्डका प्रति इकाई खुद मुल्य गत चैत महिनाको अवधिभन्दा शुन्य दशमलव ४७ प्रति इकाई बढेर वैशाखमा ११ दशमलव ३३ प्रति इकाई रहेको छ । अघिल्लो महिना चैतमा १० दशमलव ८६ प्रति इकाई रहेको थियो ।
सिद्धार्थ इक्वीटी फण्डले ७७ करोड ५५ लाख रुपैयाँ शेयर लगानी गरेको छ । अघिल्लो महिनामा ६९ करोड १ लाख रुपैयाँ गरेको थियो । यसको आम्दानी ५६ दशमलव १५ प्रतिशतले बढेर २० करोड ३६ लाख रुपैयाँ रहेको छ । अघिल्लो महिनामा १३ करोड ३ लाख रुपैयाँ कमाएकोे थियो । खर्च भने १० दशमलव ७१ प्रतिशतले बढेर ३ करोड १५ लाख रुपैयाँ रहेको छ । अघिल्लो महिनामा २ करोड ८५ लाख रुपैयाँ रहेको थियो ।
सिद्धार्थ इक्वीटी फण्डको बैक मौज्दात ७४ करोड २१ लाख रुपैयाँ र अन्य सम्पत्ति १ करोड ९९ लाख रुपैयाँ रहेको छ ।
सुचिकृत धितोपत्रमा भएको लगानी मध्येमा वाणिज्य बैंकमा सबैभन्दा बढी ग्लोबल आईएमई बैंक लिमिटेडको शेयर १ लाख ६५ हजार ८१० कित्ता, डेभलपमेण्ड बैंकमा सबैभन्दा बढी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २८ हजार ५४८ कित्ता, हाइड्रोपावरमा सबैभन्दा बढी युनिभर्सल पावर कम्पनीको ४४ हजार ९ सय ८७ कित्ता, निजीवन बीमा सबैभन्दा बढी नेको इन्स्योरेन्स कम्पनीको २१ हजार ३२ कित्ता, जीवन बीमामा सबैभन्दा बढी प्राइम लाइफ इन्स्योरेन्सको २९ हजार २५० कित्ता र लघुवित्तमा सबैभन्दा बढी आरएमडीसी लघुवित्त वित्तीय संस्थाको १९ हजार ४०५ कित्ता शेयरहरु रहेका छन् ।
प्रतिक्रिया दिनुहोस