aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

भाइवर र फेसबुकबाट एनएमबि बैंकमा खाता खोल्दा क्यास व्याक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ जेठ २०७७
भाइवर र फेसबुकबाट एनएमबि बैंकमा खाता खोल्दा क्यास व्याक

काठमाडौं । एनएमबि बैंकले भाइवर र मेसेन्जरमार्फत खोल्न सकिने खातामा पहिलो पटकको मोबाइल बैंकिङ्ग कारोवारमा १० प्रतिशत छुट वा रु. ५०० सम्मको नगद फिर्ता योजना प्रस्तुत गरेको छ ।

दैनिक उपभोग्य बस्तुको भुक्तानी, टप–अप र स्क्यान टु पे भुक्तानीमा पनि छुट र नगद फिर्ताको व्यवस्था उपलब्ध छ ।   

बैंकले यस योजनाअन्तर्गत वर्तमान कोभिडको परिवेशमा आफ्ना ग्राहकको लागी सावधानीपूर्वक मोबाइल बैंकिङ्ग सेवाहरु प्रयोग गर्न प्रोत्साहित गरेको छ । 

डिजिटल बैंकिङ्ग सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको र घरमै बसी ढुक्कसंग बैंकिङ्ग गतिविधिहरु रोज्न सक्ने उपयूक्त माध्यम निर्माण गर्ने कार्यदिशातर्फ उन्मुख रहेको बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

ग्राहकलाई बैंकिङ्ग अनुभवहरु परिष्कृत भएको महसुस गर्न भाइबर र म्यासेन्जरकैे प्रयोगले खाता/मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरु ल्याईएको बैंकले जनाएको छ ।

‘हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकवर्गलाई वित्तीय सेवाहरु छनौट गर्न सहयोग पु¥याउने सुरक्षित वातावरण तयार पार्नु हा ।’ बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 
 

प्रतिक्रिया दिनुहोस