
सिद्धार्थ इक्वीटी ओरियन्टेल स्कीमको प्रति इकाई खुद मुल्य गत चैत महिनाको अवधिभन्दा शुन्य दशमलव ३५ प्रति इकाई बढेर वैशाखमा ११ दशमलव १६ प्रति इकाई रहेको छ । अघिल्लो महिना चैतमा १० दशमलव ८१ प्रति इकाई रहेको थियो ।
सिद्धार्थ ओरियन्टेल स्कीमले २६ करोड २५ लाख रुपैयाँ शेयर लगानी गरेको छ । अघिल्लो महिनामा ३० करोड ९२ लाख रुपैयाँ गरेको थियो । यसको आम्दानी १० करोड ११ लाख रुपैयाँ रहेको छ । अघिल्लो महिनामा ६ करोड ३५ लाख रुपैयाँ कमाएकोे थियो । खर्च भने १ करोड ८९ लाख रुपैयाँ रहेको छ । अघिल्लो महिनामा १ करोड ६९ लाख रुपैयाँ रहेको थियो ।
सिद्धार्थ ओरियन्टेल स्कीमको बैक मौज्दात ८० करोड ९६ लाख रुपैयाँ र अन्य सम्पत्ति ३१ लाख रुपैयाँ रहेको छ ।
सुचिकृत धितोपत्रमा भएको लगानी मध्येमा वाणिज्य बैंकमा सबैभन्दा बढी नेपाल बैंक लिमिटेडको १ लाख ७२ हजार ३२६ कित्ता, डेभलपमेण्ड बैंकमा सबैभन्दा बढी पुर्णिमा विकास बैंकको ८ हजार २१ कित्ता, हाइड्रोपावरमा सबैभन्दा बढी युनिभर्सल पावर कम्पनीको ६७ हजार ४ सय ८० कित्ता, निजीवन बीमामा सबैभन्दा बढी शिखर इन्स्योरेन्स कम्पनीको १ हजार ५ सय कित्ता, जीवन बीमामा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको ७ हजार कित्ता र लघुवित्तमा सबैभन्दा बढी डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको २५ हजार ५ सय ८४ कित्ता शेयरहरु रहेका छन् ।
प्रतिक्रिया दिनुहोस