एजेन्सी । ड्युश बैंक (डीबी), युरोपको सबैभन्दा ठूलो बैंक हो । हालसालै यसले आफ्ना सयौं व्यवस्थापकहरूलाई बैंकको घाटा घटाउने प्रयास गर्नको लागि भन्दै एक महिनाको तलव त्याग्न भएको थियो । बैंकको कार्यक्रमको पालना गर्दै स्वेच्छाले उनीहरूको मासिक तलब प्राप्त गर्न त्याग्न भनिएपछी नै यो बैंक टाट पल्टिने अनुमान गरिएको थियो।
औपचारिक रूपमा नै यस्तो आब्हान गरेपछि सो बैंकका वरिष्ठ व्यवस्थापकहरूले आफ्नो जागिर बचाउन ‘स्वेच्छाले’ प्र आफ्नो व्यक्तिगत आय एक महिनाको तलव त्यागे । बैंकका कार्यकारी निर्देशक क्रिश्चियन जेभिंगले भनेझैं "यो निर्णय लागत घटाउने कार्यक्रमको एक हिस्सा” थियो।
ड्युश बैंक धेरै वर्षको लगातार घाटा पछि लेखा सन्तुलित गर्ने कोसिसमा छ। त्यसो त यो बैंकले सन् २०२२ को अन्तसम्ममा १८,००० देखि ७४००० सम्म कर्मचारीहरु विश्वव्यापी घटाउने योजना बनाएको छ। सन् २००८ को आर्थिक मन्दीले नै यसको वित्तीय प्रणालीको जगलाई हल्लाएको थियो । त्यसयता ड्युश बैंक निरन्तर संकटबाट गुज्रिरहेको छ । त्यसैले आफ्नो वित्तीय अवस्थालाई सन्तुलनमा राख्ने ठूलो चुनौतीसँग सामना गरिरहेको छ । यद्यपि सन् २०१६ देखी यता यसको अवस्था झन् बिग्रन थालेको थियो । त्यो वर्ष यसले लगभग लगभग ७८०० मिलियन डलरको खुद घाटा व्यहोर्यो । त्यसैले सन् २०१८ मा अन्तर्राष्ट्रिय मुद्रा कोषले यो बैंकलाई "विश्व अर्थ प्रणालीमा जोखिमको सबैभन्दा ठूलो स्रोत" को रूपमा यसलाई ब्याख्या गर्यो ।
सन् २०१९ मा ड्युस बैंकले आफ्नो वित्तीय संकट समाधान गर्ने प्रयास स्वरूप कमर्सबैंकसँग मर्जरको घोषणा गर्यो। यद्यपि जर्मन नियामकहरूले यो डिललाई ‘भिटो’ प्रयोग गरे । उनीहरुको डर यो थियो कि डीबीलाई बचाउनुको सट्टा मर्जरले कमर्सबैंकलाई बिगार्न सक्छ जुन त्यो देशको दोस्रो ठूलो बैंक हो। सोही वर्षको जुलाईमा क्रिश्चियन जेभिंगले विशाल वित्तीय पुनर्संरचनाको घोषणा गरे जुन विश्वव्यापी रुपमा हजारौं कर्मचारीहरुलाई बर्खास्त गर्ने भन्ने थियो । "मलाई दुख लागेको छ, हाम्रो बैंकको पुनःस्थापनाको लागि हामीले ठूलो मात्रामा कर्मचारी कटौती गर्नुपर्नेछ," कार्यकारी निर्देशकले त्यस समयमा भनेका थिए कि "यसले बैंकको दीर्घकालीन हितमा काम गर्नेछ" ।
सन् २०२० को शुरुमा बैंकले आफ्नो २ अर्व युरो घटाएर खर्च २० अर्ब युरो बनाउने योजना बनायो। यद्यपि नयाँ कोरोनाभाइरसको विश्वव्यापी महामारीले यी योजनाहरूलाई ठूलो परिवर्तन गरिसकेको छ । यो वर्षको पहिलो त्रैमासिकमा यसमा ५६०० मिलियन यूरोभन्दा बढीको घाटा देखिएको छ, जुन यस त्रैमासिक मा १५ प्रतिशतले अत्यधिक खर्च हो ।
परिदृश्य यस्तो बन्दैछ कि डिबीको लागि कुनै राम्रो खबर बन्ने देखिंदैन । स्थिति झन् खराब हुँदै गइरहेको देखिन्छ। यहि बेला अमेरिकी अधिकारीहरू के भन्दैछन् भने ड्युच बैंक यौन बेचबिखनको आरोपमा पक्राउ परेका जेफ्री एपस्टाइनको आर्थिक धोखाधडीमा संलग्न थियो । र, अधिकारीहरूका अनुसार संघीय जेलमा उनले आत्महत्या गरे। बैंकले उनलाई ठूलो ऋण मात्र प्रदान गरेको थिएन कि काल्पनिक नाममा धेरै बैंक खाताहरू पनि खोलेको थियो। न्युयोर्क टाइम्सका अनुसार न्युयोर्कको वित्तीय सेवा विभागले जुलाईको अन्त्य हुनु अघि जर्मन बैंकको बिरूद्ध गम्भीर प्रतिबन्ध घोषणा गर्नेछ । जसले बैंकको वित्तीय अवस्थालाई थप क्षति पुर्याउने र यसको सम्भावित दिवालियापन (टाट पल्टाई)मा योगदान पुर्याउने निश्चित छ।
यसको कमजोर अवस्था तथा वित्तीय कठिनाइको बाबजुद हाल डिबी यूरोपीय अर्थतन्त्रहरूको मुख्य संरक्षक हो। इटाली, स्पेन, पोर्चुगल र अन्य यूरोपीय देशहरूबाट डिबीसँग धेरै बोनसहरू प्राप्त हुने छन्। यी देशहरूको सबैभन्दा ठूलो डर भनेको आर्थिक अवस्था बिग्रँदो वा दिवालियापनको स्थिति हो । यस्तो अवस्थामा यो बैंकले धेरै कम मूल्यमा आफ्नो शेयर बेच्न बाध्य हुनेछ । ऋण चुक्ता गर्नका लागि जव यसले त्यो कदम उठाउँछ त्योबाट धेरै यूरोपीयन अर्थतन्त्रहरूलाई बिगार्न सक्छ।
डिबी अहिले युरोपका सरकारहरुलाई ठुलो चेतावनी बनेको छ । यदि बैंकहरु असफल भएमा राज्यले त्यसलाई बचाउन सार्वजनिक रकम लगाउनु पर्छ । यसो गर्दा मात्र विश्व संकटबाट बच्न सक्छ।
नयाँ कोरोनाभाइरसले उत्पन्न गरेको सामाजिक, आर्थिक र राजनीतिक अराजकताको बीचमा युरोपेली सरकारहरूले आफ्ना वित्तीय संस्थालाई के गर्ने छन्? जर्मन सरकारले ड्युश बैंकलाई बचाउन सार्वजनिक पैसा लगानी गर्छ ? के अझै पनि वित्तीय पूँजीवाद बचाउनु युरोपेली सरकारहरूको हितमा छ ?
धेरै प्रश्नहरू अनुत्तरित रहेका छन्। वास्तवमा, यो लगभग निर्विवाद छ कि ड्यूश बैंकको भाग्य, मजबूत राज्य सहायता बिना अब टिक्दैन ।, यसको पतन र दिवालियापन निश्चित बन्दैछ । जसले विश्व प्रणालीमा अनिवार्य परिवर्तन ल्याउनेछ, सायद "आर्थिक युग" लाई नै नराम्रो खाडलमा गाड्नेछ। यस्तो देखिन्छ कि संस्थाको पतनले विश्वव्यापी वित्तीय प्रणालीलाई नष्ट गर्दैछ ।
(एजेन्सीहरुको सहयोगमा)
प्रतिक्रिया दिनुहोस