aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

शिशुका नाममा बैंक खाता खोल्ने कार्यक्रम शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ जेठ २०७७
शिशुका नाममा बैंक खाता खोल्ने कार्यक्रम शुरु

प्युठान । प्युठान नगरपालिकाले ‘हाम्रा सन्तान हाम्रो भविष्य’ कार्यक्रमअन्तर्गत शिशुका नाममा बैंक  खाता खोल्ने कार्यक्रम शुरु भएको छ । जन्मेको ३५ दिनभित्र जन्मदर्ता गरिने उक्त कार्यक्रममार्फत शिशुका नाममा रु एक हजार नगरपालिकाले जम्मा गरिदिने नगर प्रमुख अर्जुनकुमार कक्षपतिले बताए ।
 
शिशुका नाममा बैंकमा खाता सञ्चालनका लागि  नगरपालिका र नेपाल बैंक लिमिटेड बिजुवार शाखाबीच बुधबार सम्झौता भएको छ । सम्झौतापछि वडा कार्यालयको सिफारिसमा  प्युठान–४ सेतीपोखरीका बालक आयन बरालका नाममा बैंक खाता सञ्चालन गरिएको नेबैंलि बिजुवार शाखा प्रबन्धक नरेन्द्र मिश्रले बताए ।  वडा कार्यालयको सिफारिसमा बुबा शङ्कर र आमा शिला पुनले बैंकमै आई आफ्नो २८ दिनको शिशुको खाता खोलिदिएका छन। नगरपालिकाले रु एक हजार जम्मा गरिदिन्छ त्यसमा परिवारले थपिदिन सक्ने प्रबन्धक मिश्रले बताए। बैंकमा जम्मा भएको रकम बालबालिका १८ वर्ष पुगेपछि मात्र निकाल्न पाइने छ ।

त्यस्तै नेबैंलि बिजुवारले नगरपालिकाले खाता खोलिदिएका बालबालिकाका लागि रु  पाँच हजार बराबरको औषधोपचार बीमा समेत गरिदिने व्यवस्था मिलाएको छ । उक्त बीमामार्फत बालबालिका १८ वर्षसम्म बिरामी भएमा उपचार पाउनेछन् । 

गरक्षेत्रमा जन्मिने बालबालिकाको भविष्य उज्यालो बनाउनका लागि नगरको पाँचौँ सभाबाट सो निर्णय गरिएको नगरप्रमुख कक्षपतिले बताउनुभयो । शिशु जन्मिएपछि पनि जन्मदर्ता नगराउने पाइएकाले समयमै दर्ता गराउन र नगरमा तिनको तथ्याङ्क लिनका लागि सो कार्यक्रमले सहयोग पुग्ने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस