aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सेञ्चुरी कमर्सियल बैंकले अन्तरिम लाभांस वितरण गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ जेठ २०७७
सेञ्चुरी कमर्सियल बैंकले अन्तरिम लाभांस वितरण गर्दै

काठमाडौं । सेञ्चुरी कमर्सिय बैंकको आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी रु.८,४१,५४,७१,५७६.३० को ४.७५ प्रतिशतले हुन आउने रकम रु. ३९,९७,३४,८९९.८७ लाभांस वितरण गर्न स्वीकृत गरेको छ ।  

उक्त स्वीकृत नगद लाभांसको ३ प्रतिशत रकम २५,२४,६४,१४७.२८ बाट आवश्यक लाभांस कर कट्टी गरी हुन आउने लाभांस रकम २३,९८,४०,९३९.९२ मिति २०७६ फागुन ३० गते कायम रहेका  शेयरधनीहरुलाई अन्तरिम लाभांसको रुपमा वितरण गर्ने निर्णय गरेको छ ।

बैंकको सञ्चालक समितिको निर्णय बमोजिम  बाँकी रहेको नगद लाभांस र बोनश शेयर वार्षिक साधारण सभा भए पश्चात् वितरण गर्ने बैंकले जनाएको छ ।  

सेञ्चुरी बैंकले प्रस्तावित ४ दशमलव ७५ प्रतिशत नगद लाभांश मध्यबाट ३ प्रतिशत अन्तरिम लाभांश वितरण गर्ने भएको छ । बैंकले बिहीवार सुचना जारी गरि लकडाउनका कारण वार्षिक साधारण सभा गर्न नसकेको अवस्थामा शेयरधनीहरुलाई राहत प्रदान गर्ने उदेश्यले अन्तरिम लाभंश वितरण गर्न लागेको बताएको हो ।

 यो लाभांश फागुन ३० गतेभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीहरुले मात्र पाउनेछन् । बैंकले गत चैत १४ गतेका लागि नवौं वार्षिक साधारण सभा बोलाएको थियो । लकडाउनका कारण अर्को सुचना नभएसम्मका लागि सभा भने स्थगित भएको छ । उक्त सभा प्रयोजनका लागि बैंकले फागुन ३० गते बुक क्लोज गरेको छ । 

बैंकले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट नगद लाभांश सहित २ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको छ । अन्तरिम लाभांश पछिको बाँकी नगद लाभांश र बोनस शेयर भने आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिने समेत बैंकले सुचना मार्फत जानकारी दिएको छ । 
 

प्रतिक्रिया दिनुहोस