
काठमाडौं । लकडाउन खुकुलो भएसँगै बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु पूर्णरुपमा सञ्चालन हुने भएका छन् । नेपाल सरकारका प्रवक्ता ताथ अर्थमन्त्री डा युवराज खतिवडाले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै बैंक ताथ वित्तीय संस्थाहरू अब पूर्ण रुपमा खुला हुने बताएका हुन ।
उनले भने, ‘अब बैंकका सबै शाखाहरू खुला गरेर सेवा दिन पाउने छन । सरकारले सार्वजनिक गरेको लकडाउनको नयाँ नियम शुक्रबारबाट लागू हुने छ । साथै सरकारले दुई सिफ्टमा सरकारी र निजी कार्यालय सञ्चालन भए अनुसार बैंक तथा वित्तीय संस्थाहरुको शाखाहरुमा पनि उक्त नियम लागू हुने छ । बैंक, वित्तीय संस्थाका कार्यालय दुई सिफ्टमा सञ्चालन गर्नु पर्ने हुन्छ ।’
प्रतिक्रिया दिनुहोस