
काठमाडौं । बैंशाखको दुई दिनको कारोबारमा सूचीकृत २६ मध्य २४ वाणिज्य बैंकको शेयर मूल्य घटेको छ । लकडाउनका विच बैशाख महिनामा खुलेको दुई दिनको शेयर कारोबारमा २६ सूचीकृत वािणज्य बैंकमध्य २४ को शेयरमूल्य घटेको छ । दुई दिननै नकारात्मक सर्किटको प्रभावमा परेको बजारमा कारोबारमा आएका सबै कम्पनीको शेयरमूल्य घटेको थियो ।
चैत महिनाको अन्तिम कारोबारको शेयरमूल्यको तुलनामा माछापुच्छ्रे बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक बाहेक अन्य वाणिज्य बैंकको शेयरमूल्य घटेको हो । बैशाखको कारोबारमा यी दुई बैंकको भने शेयर खरिद विक्री भएको छैन् । यी बैंकमध्य नबिल बैंकको शेयरमूल्य सबैभन्दा बढी घटेको छ ।
नबिलको चैत महिनाको अन्तिम कारोबार दिन चैत ९ गते प्रति शेयर अन्तिम मूल्य ७०१ रुपैयाँ रहेकोमा बैंशाखको दुई दिनको कारोबारमा ४१ रुपैयाँले शेयरमूल्यमा कमि आएको हो । बैशाख महिनाको कारोबारमा नबिलको सबैभन्दा बढी कित्ता शेयर खरिद विक्री भएको छ । बैशाखमा नबिलको १० लाख ८६ हजार रुपैयाँ बराबरको २ हजार ७३० कित्ता शेयर कारोबार भएको छ । हाल १० अर्ब ९ करोड ७४ लाख रुपैयाँ चुक्तापूँजी रहेको नबिल बैंकको बैशाखसम्म बजार पूँजीकरण ६६ अर्ब ५६ करोड रुपैयाँभन्दा बढी छ ।
नबिलपछि धेरै मूल्य घट्नेमा एभरेष्ट बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक पनि रहेका छन् । एभरेष्ट बैंकको ३५ रुपैयाँले र स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३४ रुपैयाँले शेयरमूल्य घटेको हो । सूचीकृत वाणिज्य बैंकमध्य बैशाख ३१ गतेसम्मको अवस्थालाई हेर्दा सबैभन्दा बढी शेयरमूल्य नबिल बैंकको रहेको छ ।
कोरोना संक्रमणबाट प्रभावित नेपालको शेयरबजार चैत महिनामा जम्मा ६ दिन र वैशाखमा मात्र दुई दिन मात्र शेयर कारोबार भएको थियो । चैत १० गतेदेखि बन्द बजार लामो समय बन्द गर्न नहुने भन्दै वैशाख ३० गतेदेखि सुचारु गरिएको थियो ।
वैशाख ३१ गतेसम्म कारोबार भई पुनः बजार बन्द छ । लकडाउन अवधिभर बजार बन्द गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बजार बन्द गरेको हो । बिहीबारदेखि लकडाउन खुकुले भएसँगै असार १ गतेदेखि नेपालको शेयर बजार पनि सुचारु हुने सम्भावना बढेको छ ।
प्रतिक्रिया दिनुहोस