aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

‘अस्वभाविक नाफा खोज्दा उद्योग टाट पल्टिन्छन्, बैंक अफ्ठेरोमा पर्छन्’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३२ जेठ २०७७
‘अस्वभाविक नाफा खोज्दा उद्योग टाट पल्टिन्छन्, बैंक अफ्ठेरोमा पर्छन्’

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अहिलेको परिस्थितिमा अस्वभाविक नाफाको अवस्थामा जान खोजे उद्योगहरु टाँट पल्टिने र बैंकहरु पनि अफ्ठ्यारोमा पर्ने बताएका छन् । आर्थिक विधेयकमाथि उठेका प्रश्‍नहरुको प्रतिनिधिसभामा जवाफ दिँदै अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् । 

उनले भने, ‘अहिलेको परिस्थितिमा अस्वभाविक नाफाको अवस्थामा जान खोजे उद्योगहरु टाँट पल्टिने र बैंकहरु पनि अफ्ठ्यारोमा पर्छन ।’ उनले थपे,‘जेठ महिनाको राजस्वको संकलन दरले दैनिक खर्च उठाउने अवस्था छैन । मासिक ४० अर्ब अनिवार्य दायित्वमा खर्च हुने गरेको अवस्थामा भन्सारबाट १५ अर्ब र आन्तरिक राजस्वबाट केही अर्व मात्रै संकलन हुने गरेको छ । ’ बैंकहरुलाई सामान्य नाफाको अवस्थामा राखेर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको उनले भनाइ छ । 

संसदमा सबै दलहरु मिलेर जाने अभ्यास सुरु भएको उल्लेख गर्दै उनले यसका लागि पनि सबै दलहरु मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस