aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

घरेलु लघुवित्तद्वारा कोरोना रोकथाम सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३२ जेठ २०७७
घरेलु लघुवित्तद्वारा कोरोना रोकथाम सहयोग

काठमाडौं । घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना भाइरसको संक्रमण विरुद्द लड्न कार्यक्षेत्र भित्र परेका स्थानीय निकायहरुलाई आर्थिक सहयोग गर्ने कार्य निरन्तर गर्दै आइरहेको छ ।

 सोही क्रममा घरेलु लघुवित्तको शाखा कार्यालयहरु कुलेखानी, मकवानपुर, पोखरिया, पर्सा र बनेपा, काभ्रेका शाखा प्रबन्धकहरु क्रमशः नेत्र प्रसाद  निरौलाले इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामा, सरोज कुमार महतोले पोखरिया नगरपालिकाका मेयर दिपनारायण प्रसाद रौनियारलाईको उपस्थिति रहेको थियो । 

 राम प्रसाद पन्तले बनेपा नगरपालिकाका उपमेयर रेखा दाहाल सापकोटालाई सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कोरोना भाइरस(कोभिड १९) रोकथाम नियन्त्रण तथा उपचार कोषमा ३ वटै शाखाले  १० हजार रुपैयाँको दरले जम्मा ३ वटा स्थानीय निकायलाई जम्मा  ३० हजार रुपैयाँ आर्थिक सहयोगको चेक हस्तान्तरण गरेका छन् । 

यो रकमले कोरोना रोकथाम नियन्त्रण तथा कोरोना रोग देखापरेका मानिसको उपचारमा र कोरोना भाइरसको कारणले लकडाउनमा परेर दैनिक ज्यालादारी गर्ने मजदुरलाई राहत वितरणमा सहयोग हुने बताइएको छ ।  
 

प्रतिक्रिया दिनुहोस