काठमाडौं । नेपाल एग्रो लघुवित्तको बोनस शेयर स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले गत पुस १२ गते चौंथौं वार्षिक साधारण सभाबाट पारित गरेको १५ प्रतिशत बोनस शेयर वापतको ७४ हजार ६६६ दशमलव ७० कित्ता शेयर जेठ ३२ गते नेप्सेमा सूचीकृत गराएको हो । सूचीकृत भएपनि हितग्राही खातामा शेयर जम्मा भएपछि मात्र कारोबार गर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस