
काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको नयाँ निक्षेप योजना आरोग्य बचत खाता सञ्चालनमा ल्याएको छ । हालको कोरोना भाइरस महामारीलाई दृष्टिगत गर्दै यसको जोखिमलाई न्यूनिकरण गर्ने उद्देश्यले यो नयाँ निक्षेप योजना ल्याइएको हो ।
यस अनुसार अब ग्राहकहरुले खोलेको खाताको न्यूनतम मौज्दातको आधारमा १ लाख रुपैयाँसम्मको विमा सुविधा प्रदान गरिनेछ । साथै न्यूनतम मौज्दात ५० हजार रुपैयाँ हुनेगरी खाता खोल्ने ग्राहकहरु १ लाख रुपैयाँ बराबरको कोभिड १९ बीमा सुविधा बाट लाभान्वित हुन सक्नेछन् ।
संस्थाको प्रशन्न बचत खाताका ग्राहकहरुलाई समेत उक्त विमा सुविधा उपलब्ध हुनेछ । एक लाखको मुद्धति खोल्नुस एक लाखकै कोरोना विमा सुविधा पाउनुहोस् योजना यो योजना अनुसार १ लाख रुपैयाँ वा सो भन्दा बढीको न्यूनतम एक वर्षे मुद्धती खाता खोल्ने ग्राहकलाई पनि १ लाख रुपैयाँकै कोभिड १९ बीमा सुविधा संस्थाले उपलब्ध गराउनेछ । संस्थागत ग्राहकहरुको सुविधाका लागि पनि फाइनान्स कम्पनीले नयाँ योजना अघि सारेको कम्पनीले जनाएको छ ।
८० करोड १ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्स कम्पनीले हाल ७ वटा शाखाहरु तथा ४ वटा एक्सटेन्सन काउन्टरहरुबाट सेवा प्रवाह गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस