aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

समता लघुवित्त र घरेलु लघुवित्त मर्जर हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ असार २०७७
समता लघुवित्त र घरेलु लघुवित्त मर्जर हुने

काठमाडौं । समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएका छन् । घरेलु लघुवित्तको १०० कित्ता शेयर बराबर समताको ८० कित्ता शेयर आदान प्रदान गर्ने गरि यी दुई कम्पनी मर्जरमा जान लागेका हुन । यी दुई कम्पनीविच एक आपसमा गाभ्ने गाभिने सम्बन्धी सैद्धान्तिक सहमति पत्रमा सोमबार हस्ताक्षर गरेका हुन । सैद्धान्तिक सहमति पत्रमा हस्ताक्षर भएसँगै नेप्सेले समता लघुवित्तले शेयर कारोबार रोक्का गरेको छ । 

समता लघुवित्तले २४ शाखा कार्यालयमार्फत ३७ हजारभन्दा बढी ग्राहक सदस्यहरुलाई सेवा प्रदान गरिरहेको छ भने घरेलुले १३ शाखा कार्यालय मार्फत ६ हजारभन्दा बढी सदस्यहरुलाई सेवा दिईरहेको छ । समता लघुवित्त धितोपत्र बजारमा सूचीकृत कम्पनी हो भने घरेलुले हालसम्म सर्वसाधारणलाई शेयर जारी गरेको छैन । 

घरेलु लघुवित्तको संस्थापकतर्फबाट मात्र कायम भएको चुक्तापूँजी  ७ करोड ३ लाख ५० हजार रुपैयाँ छ । हालसम्म घरेलुले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छैन् । दोस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम २१ लाख ४५ हजार रुपैयाँ ऋणात्मक थियो ।

 त्यस अवधिसम्म घरेलुले १४ करोड २३ लाख ७ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने १८ करोड ८२ लाख १२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस कम्पनीको निष्क्रिय कर्जा शून्य रहेको छ । त्यस्तै १९ करोड ११ लाख रुपैयाँ चुक्तापूँजी रहेको समता लघुवित्तको जगेडा कोष रकम ९ करोड रुपैयाँ भन्दा बढी छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म समताले ३ करोड ३८ लाख ४५ हजार रुपैयाँ खुद नाफा गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस